Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

प्रा. डा. गोविन्द केसी महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । उनलार्इ प्रहरी वृत सिंहदरबार लगेको छ ।
सर्वोच्च अदालतले अवहेलना मुद्दामा उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । डा। केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसनमा बस्दै थिए ।
अनसन सुरु गर्नु अघि पत्रकार सम्मेलनमा डा। केसीको पत्रकार सम्मेलनमा गरेर डा। केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।
डा। केसीको अभिव्यक्ति अएलगत्तै न्यायधिश डम्बरबहादुर शाहीको एकल इजलाशले डा । केसीलाई पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा। केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।

Post a Comment

0 Comments