Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

श्री आमा समूह मोहनाको अध्यक्षमा ढकाल


चितवन, ३० फागुन । पुर्वी चितवन रत्ननगर नगरपालिका वाड नम्वर ९ मोहनामा रहेको श्री आमा समूह मोहनाले आज आफ्नो १३ औं वार्षिक साधारण सभा एवं अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले पुन कृष्ण कुमारी ढकालको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सदस्य निमार्ण गरेको छ । जसको उपाध्यक्षमा सविता पौडेल, सचिवमा सञ्जु रेग्मी, सह सचिवमा निरु पोखरेल र कोषाध्यक्षमा हिरा पौडेल सर्वसमत निर्वाचित हुनुभएको छ ।
यसैबीच अप्सरा पौडेल,दिपा थपलिया, लगाएत १५ सदस्य कार्यसमिति पनि निमार्ण गरिएकोे सचिव सन्जु रेग्मीले जानकारी दिनु भएको छ ।


कार्यक्रममा लामो समय संस्थामा सचिव रहेर संस्थाको हितको लागि काम गरेको भन्दै पुर्व सचिव हिरा मैनालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका उप मेयर विमला दवाडी रहनु भएको थियो । त्यस्तै कार्यक्रममा वाड सदस्य मनवहादुर थापा ,मोहोवन टोल बिकास सस्थाका अध्यक्ष टंकनाथ पौडेल , नेपाली काँगे्रसका वडा अध्यक्ष वावुराम ढुङ्गाना, माओवादी केन्द्रका वडा इन्चार्ज मेगनाथ पौडेल, राष्ट्रिय कलाकार मिलन लामा ,जनचेतना यूवा समुहका उपाध्यक्ष बिकास पौडेल, सल्लाहकार वावुराम घिमिरे, राजेन्द्र मैनाली ,गिरिराज मैनाली, होमनाथ रेग्मी लगायतले वोल्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष विन्दा पाण्डेले राख्नु भएको थियो भने कार्यक्रममको सञ्चालन सचिव सविता पौडेलले गर्नु भएको थियो ।
कार्यक्रम संस्थाको अध्यक्ष कृष्ण कुमारी ढकालको अध्यक्षतामा सम्पन्न भएको थिया

Post a Comment

0 Comments