Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

ढिलो छिटो प्रधानमन्त्री हुन्छु :प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन् । गैरिगन्ज माविको कार्यक्रममा सहभागी हुन चितवन आएका प्रचण्डले भने, ‘अहिले टुंगिएको त छैन । तर, ढिलो छिटो प्रधानमन्त्री भएर आउँछु ।’

उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए । सम्बोधनका क्रममा प्रचण्डले गरिब देश भएका कारण मात्र आफूले नोेबल पुरस्कार नपाएको बताए । शान्ति सम्झौता गर्ने गिरिजाप्रसाद कोइराला र आफू गरिब देशको भएकाले पश्चिमाहरुले त्यति महत्व नदिएको उनको तर्क थियो । यद्यपि अहिले पश्चिमाहरुले नेपालको शान्ति प्रक्रियाबारे अध्ययन थालेको थाहा पाएको उनले बताए ।

Post a Comment

0 Comments