Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

नवौं संस्करण रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा, मुख्य आकर्षणको रुपमा ७५ फिट अग्लो कृतिम धरहरा


अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मी

चितवन २५ पुस
७५ फिट अग्लो बनाइएको धरहरा
पूर्वी चितवनको रत्ननगरमा आयोजना हुन लागेको रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । दुई – दुईवर्षमा आयोजना हुने महोत्सव यो पटक नवौं संस्करण अन्तर्गत पौष २७ गतेदेखि माघ ७ गते सम्म आयोजना हुँदैछ । महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको मंगलवार महोत्सव परिसरमै पत्रकार सम्मेलनको आयोजना गरी आयोजक उद्योग बाणिज्य संघ रत्ननगरले जनाएको छ ।
यो पटक प्रमुख आकर्षणको रुपमा महोत्सव परिसरमा धरहरा निर्माण गरिएको छ । मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण गरिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धरहरा चढेर दृश्यावलोकन गर्न सकिनेगरी बाँसबाट निर्माण गरिएको जानकारी दिनुभयो । धरहरा अवलोकन गर्न आउने दर्शकहरुवाट संकलन भएको रकम मध्ये केही रकम धरहरा निर्माणका लागि प्रदान गरिने समेत उहाँले बताउनुभयो ।
बाँसबाट कृत्रिम धरहरा निर्माणको काम समेत पुरा भएको आयोजकले जनाएको छ । ७५ फिट अग्लो बनाइएको धरहरामा एकपटकमा ६० जना सम्म चढेर अवलोकन गर्न सक्नेछन् । बाँसलाई कपडाले बाँधेर निर्माण गरिएको अस्थायी धरहराको बाहिरी भाग पुरै सेतो कपडाले बेरेर दुरुस्त धरहराको रंङ दिइएको छ । सांस्कृतिक रुपमा पहिचान बनेको धरहराको महत्व झल्काउन र यसको आवश्यकता छ भनेर आम सर्वसाधरणलाई देखाउनका लागि महोत्सव परिसरमा धरहरा निर्माण गरिएको संघका उपाध्यक्ष रघुनाथ भट्टले बताउनुभयो ।
ऐतिहासिक महत्व बोकेको सांस्कृतिक धरोहरहरु संरक्षण र प्रर्वद्धनगर्ने दायित्व यस्तै खालको मेला महोत्सवको भएकाले रत्ननगर महोत्सवमा धरहराको प्रतिमूर्ती बनाइएको महोत्सव आर्थिक समिति संयोजक समेत रहनुभएका संघका निर्वतमान अध्यक्ष ज्ञानवहादुर विसुरालले जानकारी दिनुभयो । कृतिम धरहरा बनाउन भारतको सिलगुडीबाट कालिगढहरु ल्याइएको समेत उहाँले जानकारी दिनुभयो ।
महोत्सव परिसरमा निर्माण भएको धरहरा अवलोकनका लागि प्रति व्यक्तिवाट ७५ रुपैयाँ संकलन गर्ने आयोजकको तयारी छ । विद्यार्थीलाई भने आधा रकम छुट हुनेछ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, विभिन्न जातजातिका घरहरु लगायत स्थानीय तथा अन्य क्षेत्रमा उत्पादित बस्तुहरुको ४ सय ५० बढी स्टल रहनेछन् । महोत्वस अवधिभर दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगेतीक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । महोत्सवमा यो पटक वंगलादेश, पाकिस्तान र भारतको समेत सहभगिता रहने संघले जनाईएको छ । ५ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने महोत्सवमा ५० करोड भन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवको उद्घाटन उपराष्टपती नन्दवहादुर पुनले गर्नुहुने कार्यक्रम छ ।

Post a Comment

0 Comments