Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

पूर्वी चितवनका ४ मेयरले नगर विकास निर्माणलाई संगसंगै अगाडि बढाउने

चितवन, २० पुस
पूर्वी चितवनका चार वटा नगर कार्यपालिकाका मेयरहरुको बैठकले विकास निर्माणमा सहकार्य गर्ने निर्णय गरेका छन । रत्ननगर नगर कार्यपालिकाको अगुवाईमा खैरहनीमा भएको बैठकले विकास निर्माणलाई संगसंगै अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले विकास निर्माण र उपकरण खरिदमा सकेत साझेदारी गर्ने निर्णय भएको रत्ननगर नगर कार्यपालिकाका मेयर नारायण वनले जानकारी दिए । चारवटै नगर कार्यकालिकालाई जोड्ने गरी रिङरोड बनाउने सहमति भएको उनले जानकारी दिए ।
उनले बैंठकले ठुला योजना निर्माण गर्न एउटा मात्र नगरपालिकाको बजेट प्रयाप्त नहुने भन्दै रिडरोड र ठुला उपकरण खरिदमा चार नगरपालिका बीच सझेदारी गर्ने सहमति भएको बताए । भविश्यमा पूर्वी चितवनका चार वटा नगरपालिका समायोजन भई उपमहानगर वा महानगर बन्ने सम्भावनलाई दृष्टिगत गरी चार वटा नगर कार्यपालिकामा पूर्वाधार निर्माणलाई एकरुपता दिने निर्णय भएको छ ।
बैठकले साझा रुपमा सञ्चालन हुने सवारी साधनहरुदमकल, एम्बुलेन्स, डोजर, एक्साभेटरहरु साझेदारीमै खरिद गर्ने र आवश्यकता अनुसार चारबटै नगर कार्यपालिकाले प्रयोगमा ल्याउन सहमति भएको रत्ननगर नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले जानकारी दिए ।
बैंठकले नगर भित्र सञ्चालनमा रहेका गैंर सहकारी संस्थाहरुलाई नगर कार्यकालिकाको नियन्त्रणमा ल्याउने सहमति समेत भएको उनले जानकारी दिए ।
बैठकमा रत्ननगर नगर कार्यकालिकाका मेयर नारायण वन, कालिका नगर कार्यकालिकाका मेयर खुमनारायण श्रेष्ठ, खैरहनी नगर कार्यपालिकाका मेयर लालमणि चौधरी र राप्ती नगर कार्यपालिकाकी मेयर प्रभा बरालको सहभागिता रहेको थियो ।

Post a Comment

0 Comments