Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने रत्ननगर महोत्सव – २०७४ को तयारीलाई तीब्र पारिएको छ । आगामी पौष २७ देखि माघ ७ गते सम्म रत्ननगरको टिकौली चौरमा हुने महोत्सवलाई प्राभावकारी बनाउन तयारी तीब्र पारिएको हो । महोत्सवको स्टल निर्माण र प्रचार–प्रसार काम तीब्र रुपमा भईरहेको संघले जनाएको छ । प्रत्येक दुई–दुई वर्षमा हुने सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीस“ग अभिमुखीकरण गराउने प्रमुख उद्धेश्य रहेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मील जानकारी दिनुभएको छ ।
यसै विषयमा अध्यक्ष रेग्मीसँ ग बिकाश पौडेलले गर्नुभएको कुराकानी संक्षेपमा ।
यहालाई स्वागत छ विहानी न्युजको विषेश कुराकानीमा ? आजभोलि के मा व्यस्त हुनुहुन्छ?
धन्यवाद आजभोलि रत्ननगर महोत्सवको तयारीमा व्यस्त छौं ।
के कस्ता तयारी भएका छन् त ?
तयारी लगभग अन्तिम चरणमा पुगेको छ । अहिले देख्न सक्नु हुनेछ । प्रवेशद्वार निर्माण, स्टल निर्माण, कृषि, पोल्ट्री, चितवनका उत्पादन, दैनिक उपभमेग्य वस्तु, आइटि, वाल उद्यान लगायतको स्टल निर्माण लगभग सकिएको छ । भने अन्य केही बा“की तयारीमा छौ लगभग तयारी पुरा भएको छ भन्दा पनि हुन्छ ।
यसपटक रत्ननगर महोत्सवमा प्रमुख आकर्षण के रहेको छ ?
हामीले विं.सं. २०५७ सालमा दशै“ मेलाको रुपमा महोत्सव सुरु गरेका थियौ र अहिलेसम्म निरन्तर छ । यसपटक पनि हामीले कृषिलाई नै पहिलो प्राथिमिकता दिएका छौं । महोत्सवमा कृषिको व्यवसायिक विकासको लागि उत्पादित वस्तुको बजारीकरण र कृषिमा आधुनिकरणलाई ध्यान दिईएको छ । यसपटक बंगुरपालन र यसको परिकार पनि मुख्य आकर्षणको केन्द्र हो भने हामीले यसपटक महोसव परिसरमा धरहरा समेत निर्माण गरिएको छ ।
शोभायात्राको तयारी कसरी गर्दै हुनुहुन्छ ?
महोत्सवको शोभायात्रालाई वृहत वनाउन लागिएको छ । शोभायात्रामा यसपटक संघसंस्था, आमा तथा महिला समुह, विद्यालय, कृषि, पशुपंक्षी लगायतका ५ सय भन्दा बढिको सहभागिता रहने छ । महोत्सवको पहिलो दिनलाई नै विषेश बनाउने तयारी रहेकोले पनि यसपटक मधेशी समुदायको पहिचान झल्कने झा“की समेत यस महोत्सवमा हेर्न पाईने छ ।
स्कुलका विद्यार्थीहरु प्रयोग गरिन्छ कि गरिदैन ?
राम्रो प्रश्न गनुभयो । हामी बालबच्चालाई शोभायात्रामा नल्याईदिन सबै स्कुल तथा कलेजलाई भनिसकेको छौ । हामी आफै पनि बालबालिको लागि काम गरेका छौ । हामी सचेत छौं । बच्चाहरुको शोभायात्रामा सहभागी ह“ुदैन ।
सुरक्षाको व्यवस्था कसरी मिलाइएको छ ?
हो सबैभन्दा महत्वपुर्ण कुरा हो सुरक्षा हो । हामीले सुरक्षा व्यवस्था राम्रो बनाएका छौ । नेपाल प्रहरी, शस्त्र प्रहरी र आन्तरिक सुरक्षाको व्यवस्था मिलाईएको छ भने महोत्सव परिसरमा सिसि क्यामेरा जडान गरेर सुरक्षा व्यवस्था मिलाईएको छ ।
यसपटक प्रवेश शुल्क कति राखिएको छ ?
हामीलाई थाहा छ महंगी वढेको छ तर पनि सवै कुरा मध्यनजर गर्दै हामीले अघिल्लो वर्षको मूल्य नै यस वर्ष पनि यथावत् राखिएको छ । भने विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
राज्यले सम्मान गरेको जेष्ठ नागरिकलाई प्रवेशको व्यवस्था के छ  ?
राज्यले नै सम्मान गरेका हाम्रा अभिभावकको लागि जेष्ठ नागरिकको परिचय पत्र ल्याएमा प्रवेश निःशुल्क गरिएको छ ।
एकै समयमा अन्य मेला महोत्सव पनि हुदैछन् नि ?
हो तपाइले भन्न खोज्नुभएको खिचरा महोत्सवको सन्दर्भ हुनुपर्छ । हामी दुई ओटा महोत्सव आयोजक बीच कुराकानी भएको छ र एक अर्कामा सहयोग गर्ने कुरा भएको छ । वाहिर कहाँकतै त्यस्तै कुरा पनि सुनिन्छ त्यो सत्य होइन । हामी एक अर्कालाई सहयोग गर्छौ ।
महोत्सव भनेपछि कलाकारहरुकोे पनि कुरा आउ“छ, यसपाली क–कस्को सहभागिता हुनेछ ?
हामीले यसपटक पनि राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको उपस्थिति गराउनेछौं ।
फुड फेष्टिवलको तयारी के छ? फेष्टिवलको आकर्षण के हो ?
कृषि र पर्यटनलाई विषेश प्राथमिकता दिदै आएको रत्ननगर महोत्सवमा यसपटक कृषि अन्तरगत बंगुर व्यवसायको प्रबद्र्धनका लागि फुड फेष्टिवल आयोजना गर्न लागिएको छ । बंगुर व्यवसाय फस्टाउने क्रममा रहेकाले यसको प्रबद्र्धनका लागि महोत्सवको अवधिमा रत्ननगरको टा“डी बजारमा फुड फेष्टिवल आयोजना गर्न लागिएको हो । रत्ननगर महोत्सवमा कृषिका कुनै न कुनै क्षेत्रलाई जोड दिदै आएको र यसपटक बंगुर व्यवसाय फस्टाउ“दो व्यवसायको रुपमा रहेकाले यस पटक वंगुरबाट बन्ने मासुका परिकारलाई फुड फेष्टिवल महत्व दिईएको हो । फुड फेष्टिबलमा जम्मा ५० वटा स्टल रहनेछन् । जसमा वंगुरका साथै अन्य स्टल समेत रहने छन् ।
व्यस्तताका बावजुद हामीलाई समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद ।
यहा“ले पनि तपाइको लोकप्रिय मिडियामार्फत हाम्रा केही भनाइ राख्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु मेरो व्यक्ति तर्फबाट र संस्थागत तर्फबाट पनि 

download for click here


Post a Comment

0 Comments