Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

७५ फिट अग्लो नमुना धरहरा नेपालमै उत्पादीत बासबाट निर्माण : रत्ननगर महोत्सव

चितवन, २४ पुस
पुस २७ गतेदेखि चितवनमा हुन लागिरहेको “नवौं रत्ननगर महोत्सव” को तयारी अन्तिम चरणमा पुगिसकेको छ । यस बर्ष अवलोकनकर्ताहरुलाई नयाँपनको लागि लागि नमुना धरहराको निर्माण लगभग पुरा भएको छ । ५० फिट अग्लो उक्त नमुना धरहरा नेपालमै उत्पादीत बासबाट निर्माण भएको हो । सात तलाको धरहरा निकै आकर्षक देखिएको छ।
७५ फिट अग्लो उक्त धरहरा ३० फिटमाथिसम्म चढेर वरिपरिको दृष्य अवलोकनको व्यवस्था मिलाइएको मूल आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए । अस्थायी धरहराको बाहिरी भाग पूरै सेतो कपडाले बेरेर दुरुस्त धरहराको रंङ दिइएको छ।
जुन निकै आर्कषक रहेको छ भने नमुना धरहरा अवलोकनका लागि पनि यस पटक महोत्सव अवलोकनकर्ताहरु अझै बढ्ने र अवलोकनकर्ताहरुले पनि नयाँपनको आभाष गर्ने आयोजकको विश्वास रहेको छ । रत्ननगर महोत्सव धरहरामा चढेर दृष्यावलोकन गर्न सक्ने गरी निर्माण गरिएको धरहरा एक पटकमा करिब ४० जना मान्छे चढ्न सक्नेछन्।
७२ सालको बिनासकारी भुकम्पले धरहरा भत्किएको कारण नेपालीहरुको मन कुडिएको थियो । तर यस बर्ष चितवनमा हुने रत्ननगर महोत्सवमा बाँसबाट बनेको धरहरा चढेर महोत्सव अबलोकन गर्न पाउदा दर्शकलाई केही नयाँपन र रोचकताको अनुभव होस भनेर नमुना धरहरा निर्माण गरिएको रेग्मीले बताउँनुभयो ।
पुस २७ देखि माघ ७ सम्म आयोजना हुने महोत्सवमा ४५० स्टल रहनेछ । महोत्सवले उद्योग, व्यापार, पर्यटन, स्थानिय कलासँस्कृति तथा अन्य क्षेत्रका वस्तु उत्पादनहरु प्रबद्र्धन गरिने जनाईएको छ । महोत्सवमा माछा, च्याउ र केराको विभिन्न परिकार बनाई महोत्सव परिसर भित्रै विभिन्न परिकार समेटिएको फुड फेष्टिबल हुनेछ ।
माघ २ गते देखि ६ गते टाँडी चोकमा हुने फुड फेष्टिवल फुड फेष्टिलमा बंगुरपालन व्यवसायहरुको प्रवद्र्धनका लागि बंगुरसंग सम्वन्धित मासुका परिकार राखिने संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयोसाथै पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्तरगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, चेपाङ पहाडी पदयात्रा मार्ग, सिराईचुली, उपरदङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ, बीसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचार प्रसारका व्यवस्था पनि मिलाईएको छ ।
अन्तर्राष्ट्रिय प्रदर्शकमा वंगलादेश, पाकिस्तान र भारतको समेत सहभगिता रहने संघले जनाईएको छ ।५ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने महोत्सवमा ५० करोड भन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव आवलोकनका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु २५ टिकलको व्यवस्था गरिने छ

Post a Comment

0 Comments