Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

आज राष्ट्रिय सभा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

काठमाडौं, १५ माघ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन आयोगले आव चुनाव चिह्न प्रदान गर्दैछ। सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यामार्फत अन्तिम नामावली प्रकाशन हुने भएको हो।

दिउँको ४ बजे नामावली प्रकाशन र त्यसपछि निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। उम्मेदवारी दिएका ८३ मध्ये आयोगले एक जनाको उम्मेदवारी रद्द गरेको छ। प्रदेश नम्बर ४ अन्तर्गत अपांगता कोटाबाट उम्मेदवारी दिएका एमालेका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको हो।

निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ५ सय ६ तथा ५ सय ५० प्रदेशसभा सदस्य मतदाता छन्।

प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता रहेको आयोगले जनाएको छ।

आगामी निर्वाचनबाट तीन महिला, एक दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन्।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ।

Post a Comment

0 Comments