Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

भरतपुर महानगरनगरपालिकाद्धारा आर्थिक बर्ष ०७४/०७५ का लागि नीति तथा कार्यक्रम प्रस्तुत

भरतपुरर भरतपुर महानगरपालिकाले आर्थिक बर्ष ७४र७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । भरतपुर महानगरपालिका का नगर प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमका बिच नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । कार्यक्रम अन्तरगत सबै भन्दा बढी पुर्वधार विकासमा १ अरब ३४ करोड ४ लाख ६८ हजार छुटाईएको छ । त्यसतै समाजिक विकास तर्फ ६० करोड २७ लाख २५ हजार र कृषि,पर्यटन तर्फ ५ करोड ८१ लाख १६ हजार विनियोजन गरिएको छ । विपद व्यवस्थापन शिर्षकमा १३ करोड ८७ लाख ५० हजार र प्रशासनिक क्षेत्र तर्फ ४१ करोड ४९ लाख ४१ हजार रकम छुटाईएको छ ।
महानगरपालिकाले यस आर्थिक बर्षमा कुल ३ अरब ५० लाख आय गर्ने लक्ष्य लिएको छ । जस मध्ये सेवा शुल्कबाट ६४ करोड २७ लाख ९० हजार , राजस्व तर्फ ७ करोड ,जनसहभागिताबाट १७ करोड ६ लाख ७८ हजार आय हुने जनाएको छ । त्यसतै नेपाल सरकारको अनुदान ५३ करोड २९ लाख तथा निशर्त अनुदान ७९ करोड ७८ लाख ,सामाजिक सुरक्षा भत्ता ४५ करोड र अन्य आय २ करोड २५ लाख आय हुने अनुमान गरेको छ । गत आर्थिक बर्षको अ।ल्या ३१ करोड ६३ लाख पनि आयमा नै समावेश गरेको छ ।
महानगरपालिकाले चालु खर्च तर्फ १ अरब ४३ करोड ९१ लाख १८ हजार तथा पुजीगत खर्च तर्फ १ अरब ५५ करोड ५८ लाख ८२ हजार र वित्तिय व्यवस्थापनमा १ करोड गरि कुल ३ अरब ५० लाख खर्च हुने प्रक्षेपण गरेको छ । त्यसतै वित्तिय व्यवस्थापन तर्फ १ करोड विनियोजन गरेको छ । जुन कुल बजेटको चालु तर्फ ४७।८९ प्रतिशत , पूँगीगत तर्फ ५१।७७ प्रतिशत र वित्तिय तर्फ ०।३३ प्रतिशत हुन आउँछ ।
महानगरपालिकाले पुर्वधार विकास र पर्यटनलाई प्रथामिकतामा राखेको छ । महानगर भित्रका बाटोहरुलाई कालो पत्रे गर्ने तथा पर्यटकीय स्थल निमार्णका लागि पुर्वधारहरु निमार्ण गर्ने दीर्घकालिन योजना साथ अगाडी बढ्ने जनाएको छ ।

Post a Comment

0 Comments