Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

प्रदेश–३ बाट राष्ट्रियसभा निर्वाचनका लागि १७ जनाको उम्मेदवारी

काठमाडौं, माघ १०
 राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार प्रदेश नम्बर–३ मा पनि उम्मेदवारी दर्ता गरिएको छ । ८ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने ३ नम्बर प्रदेशमा विभिन्न दलका १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेको तर्फबाट ६, माओवादी केन्द्रबाट २, नेपाली कांग्रेसबाट ४, नेपाल मजदुर किसान पार्टीबाट ४ र राप्रपाबाट एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट पार्वती रावल, उदया शर्मा, संहबहादुर विक, बेदुराम भुसाल, बलराम बास्कोटा र रामचन्द्र राईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

यस्तै, माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा र गंगा पराजुलीको उम्मेदवारी परेको छ ।कांग्रेसको तर्फबाट राधेश्याम अधिकारी, धना खतिवडा, हरिशरण नेपाली र मदनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेमकिपाको तर्फबाट हिमालयश्वरलाल मुल, गीता काफ्ले र कृष्ण तामाङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

राप्रपाबाट लक्ष्मी देशारको उम्मेदवारी दर्ता गरिएको छ ।प्रदेश नम्बर–३ मा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सांसद गरी ९ हजार ५६४ जना मतदाता छन् । बुधबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा बिहीबार उजुरी दिनसकिने छ भने ती उजुरीमाथि छानबिन गरी १४ गते निर्वाचन कार्यालयले नामावली प्रकाशित गर्ने, सोही दिन उम्मेदवारी फिर्ताका लागि समय दिइनेछ ।

१५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । मतदान भने माघ २४ गते १० देखि ३ बजेसम्म हुनेछ ।

Post a Comment

0 Comments