Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

भ्यालेन्टाईन डेको अबसरमा १२ औँ सौराहा फुड फेष्टिवल हुने

चितवन, २ माघ
मेला महात्सवमय बनेको चितवनमा फेरि अर्को महोत्सवको तयारी सुरु भएको छ ।
प्रेमप्रेमिकासगैँ समग्र चितवनको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित भ्यालेन्टाईन डेको अबसरमा हुने सौराहा फुड फेष्टिवलको तयारी शुरु भएको हो ।
हेरक बर्ष आयोजना हुने सौराहा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल क्षेत्रिय रेवान सौराहाको आयोजनामा फुड फेष्टिवल हुन लागेको हो ।
१२ औँैं संस्करणमा हुने फेष्टिवलमा यो पटक पनि स्थानिय विभिन्न संघसंस्थाहरुसगँ छलफल र अन्र्तक्रिया गदै सुरु गरिएको छ । छलफलबाट फेष्टिवल सम्पन्न गर्न मुल समिति र २५ वटा उप समिति गठन गरी तयारी थलिएको क्षेत्रिय रेवानका अध्यक्ष गोर्कण गिरीले बताए ।
माघ २८ फागुन ३ गते सम्म चल्ने फेष्टिवलमा व्यवसायीहरुले खाना र आवासमा १५ प्रतिशत छुट, साना पर्यटन व्यवसायी समूहसँग सहकार्य गरेर व्यवसायीहरुले सामान खरिदमा ३० प्रतिशत छुट र हात्ती सफारीमा पनि छुट दिने तयारी भईरहेको फेष्टिवलका संयोजक कपिल रेग्मीले जानकारी दिए ।
प्रेम दिवस मनाउन सौराहा आउने युवायुवतीलाई केन्द्रित गरी रेवानले प्रेम दिवसको अवसर पारेर सौराहा फुड फेष्टिबलको आयोजना गर्दै आएको हो । फेष्टिबलमा ७० बढी खानाका स्टलहरुबाट स्वदेशी तथा विदेशी खानाका परिकारहरु राखिने गिरीले बताए । थारू संस्कृतिको संरक्षणको लागि फेष्टिबलमा परम्परागत थारू समुदायका खाना र सांस्कृति नृत्य प्रस्तुत गरिने उनले बताए ।
पाँच दिनसम्म चल्ने सो फेष्टिबलमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगितासमेत गरिने छ । फेष्टिबलमा रेष्टुरेण्ट कर्मचारीबीच वेटर रेस, प्रेमपत्र लेखन, रतौली गीत, भजन चुड्का र बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता समावेश गरिएको संयोजक गिरीले बताए ।
सौराहाको सिसवारको खेल मैदानमा हुने फेष्टिवलमा एक करोड भन्दा माथि कारोबार हुने अनुमान गरिएको महोत्सवमा करिव एक लाख माथि दर्शकले अबलोकन गर्ने अनुमान गरिएको रेवानका उपाध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।
फेष्टिबलबाट भएको आम्दानीबाट, सामाजिक कामहरु राप्ती नदी संरक्षण, होली पर्व, उज्यालो सौराहा, बालश्रम न्यूनीकरण, सडक बालबालिका पुनस्थापनामा सहयोग गरिने अध्यक्ष गिरीले बताए ।
फेष्टिवलमा खानाका परिकारसगौ चर्चीत राष्ट्रिय गायक गायिकाहरुको बेजोड प्रस्तुति रहने कलाकारहरु सास्कृतिक प्रस्तुती थप आर्कषणको केन्द्र रहेको सास्कृतिक उपसमितिका संयोजक नविन नेपालले जानकारी दिए ।

Post a Comment

0 Comments