Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

ब्ल्युस्टार ओभरसिजमा अपराध महाशाखाको छापा, सयौँ थान राहदानी सहित लाखौं ठगीको प्रमाण भेटियो

काठमाडौं, २४ पुस
महानगरीय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगारीको नाममा ठगीमा संलग्न म्यानपावरमा छापा मारेको छ । सिनामंगल शक्तिमार्गस्थित एउटा घरमा लुकिछिपी सञ्चालन गरिएको ब्ल्युस्टार ओभरसिजमा छापा मारी सयौँ थान राहदानी, भिसा इन्ट्री रजिष्टर, स्वीकृत नगरिएका मागपत्र लगायतका कागजातहरु प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उक्त मेनपावरले सिन्धुपाल्चोकका ओसन गिरी लगायत २६ जनासँग कुवेत लगायतका देशमा पठाउने प्रलोभन देखाई १० लाख ६५ हजार रुपैयाँ लिएर मेनपावरले विदेश नै नपाएको पाइएको छ ।
पीडितहरुले बिहीबार महाशाखामा उजुरी गरेपछि प्रहरीले छापा मारेको हो । उक्त मेनपावरले ठग्दै कार्यालय सार्दै आएको समेत पाइएको छ । यसअघि वाग्मती खोलामा रहेको मेनपावर कानुनविपरीत रुपमा सिनामंगल सारेको पाइएको हो । मेनपावरले डिमान्ड नआए पनि आएको देखाई ३ सय ७१ जनाको राहदानी संकलन गरेको पाइएको छ ।
पीडितहरुसँग पैसा र राहदानी बटुलेर भर्पाइसमेत नदिई ठगी गरेको खुलेपछि प्रहरीले कागजात बरामद गरी अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार दोषी प्रमाणित भए तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र यसका हर्ताकर्तालाई तीनदेखि ७ वर्षसम्म कैद सजाय हुनेछ भने मेनपावरको इजाजत नै खारेज हुने व्यवस्था समेत कानुनमा रहेको छ ।

Post a Comment

0 Comments