Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

गृहमन्त्री बन्न माओवादीमा तीनको भीडन्त,प्रचण्ड र ओलीलाई समेत लाग्यो झड्का



पार्टी एकताको औपचारिक निर्णयसँगै सरकार विस्तारको तयारीमा जुटेका नेकपा एमाले र माओवादी केन्द्रलाई मन्त्री छनोट गर्न सकस परेको छ।
नयाँ सरकारमा जान आकांक्षीको संख्या बढेपछि मन्त्री छान्न वामघटक दुवै दलका शीर्ष नेतृत्वलाई कठिन भएको हो।

नयाँ सरकारमा मन्त्रालयको संख्या अझै टुङ्गो लाग्न सकेको छैन। तर केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रले गृहसहित ६ मन्त्रालय पाउने लगभग पक्का छ। सोही गृहमन्त्रालयलाई लिएर माओवादीभित्र तीन प्रभावशाली नेताले दाबी पेश गरेका छन्।

पार्टीभित्रका तीन प्रभावशाली नेताले एउटै मन्त्रालयमा दाबी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन्।

ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रबाट संगठन विभाग प्रमुख रामबहादुर थापा बादलले नेतृत्व गर्ने लगभग पक्कापक्की छ। तर, सरकारको नेतृत्व गर्दै गर्दा बादलले गृहमन्त्रालयसहित सरकारमा जाने रुची देखाएका छन्।

सरकारको नेतृत्व गर्ने व्यक्तिले मन्त्रालय रोज्न नपाउने माओवादीभित्र एकप्रकारको आन्तरिक समझदारी जस्तै छ। तर, शक्तिशाली मन्त्रालयको नेतृत्व गर्न बादलले इच्छा देखाएका छन्। राष्ट्रियसभामार्फत संघीय संसदमा प्रवेश गरेका बादललाई गृहमन्त्रालयसहित सरकारमा जान निकटस्थले सुझाव दिएका छन्।

गृह मन्त्रालयमा माओवादीभित्रका अर्का प्रभावशाली नेता जनार्दन शर्माले पनि दाबी गरेका छन्। काठमाडौंमा लोडसेडिङ अन्त्य गर्दै देशैभरि लोडसेडिङ घटाएर सफल ऊर्जामन्त्रीको वाहवाही पाएका शर्माले यसअघि गृहमन्त्रालयको समेत नेतृत्व गरिसकेका छन्। पार्टी एकता प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भूमिकामा रहेको भनिएका शर्माले क्षमता र कार्यसम्पादनको दृष्टिकोणबाट समेत गृह मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन्। संगठन विभाग प्रमुख बादलले गृह मन्त्रालयको दाबी छाडेमा शर्माको पल्लाभारी हुने माओवादी केन्द्रभित्र चर्चा छ।

अर्का नेता वर्षमान पुन समेत गृहमन्त्रीको आकांक्षीका रुपमा अगाडि आएका छन्। पार्टी अध्यक्ष प्रचण्ड निकट नेता पुनले नयाँ सरकारमा गृह मन्त्रालय पाए जाने बताउँदै आएका छन्। माओवादीकै अर्का नेता कृण्णबहादुर महराले समेत उनलाई समर्थन गरेका छन्। दुई रोल्पाली नेता महरा र पुन पार्टीभित्र एकअर्काको हित चाहने नेताका रुपमा चिनिँदैनन्। यद्दपि महरा यो सरकारमा जान नपाउने भएपछि पुनलाई अगाडि सार्दै सभामुखमा आफ्नो दाबी पेश गर्न चाहन्छन्।

पुनले सभामुखमा ओनसरी घर्तीलाई निरन्तरता दिने शर्तमा नयाँ सरकारमा दाबी नगर्ने बताउँदै आएको माओवादीकै एक नेताले बताए। तर, सभामुखमा एउटै व्यक्ति दोहोर्‍याउन नहुने आवाज पार्टीभित्र उठ्न थालेपछि पुनले गृहमन्त्री बन्न जोडबल सुरु गरेका हुन्

Post a Comment

0 Comments