Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

टाँडीमा हुने फुड फेष्टिवलमा बंगुरका परिकारलाई प्राथमिकता

रत्ननगर १७ पुस । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २७ गतेबाट सुरु हुने रत्ननगर महोत्सव अन्तर्गत टाँडी बजार हुने फुड फेष्टिवलमा बंगुरको मासुबाट बनाईने परिकारलाई प्राथमिकता दिईने भएको छ । बंगुरपालन व्यवसायको प्रर्बद्धनका लागि फुड फुष्टिवलमा बंगुरको मासुका परिकारलाई प्राथमिकता दिन लागिएको संघका अध्यक्ष संघका अध्यक्ष तथा मुल समारोहका संयोजक राजराम रेग्मीले जानकारी दिए । माघ २ गते देखि ६ गते सम्म टाँडी बजारबाट दक्षिण तर्फको खाली जग्गामा फुड फेष्टिवल हुदैछ । कृषि र पर्यटनलाई विषेश प्राथमिकता दिदै आएको रत्ननगर महोत्सवमा यस पटक कृषि अन्र्तगत वंगुर व्यवसायको प्रर्वद्धनका लागि फुड फेष्टिवल आयोजना गर्न लागिएको हो । बंगुर पालन व्यवसाय फस्टाउने क्रममा रहेकाले बंगुरको मासुका परिकारलाई प्राथमिकता दिएर महोत्सवको अवधिमा रत्ननगरको टाँडीमा फुड फेष्टिवल आयोजना गर्न लागिएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । रत्ननगर महोत्सवमा कृषिका कुनै न कुनै क्षेत्रलाई जोड दिदै आएको रेग्मीले वंगुर व्यवसाय फस्टाउँदो व्यवसायको रुपमा रहेकाले यस पटक वंगुरबाट बन्ने मासुका परिकारलाई फुड फेष्टिवल महत्व दिईएको बताए । उनले वंगुरको मासुको माग पछिल्लो समय वढ्दै गएको बताए । फुड फेष्टिवलमा ५० वटा स्टल रहनेछन् । जसमा वंगुरका साथै अन्य स्टल समेत रहने रेग्मीले वताए । सोही स्टल मार्फत वंगुरका परिकारको स्वाद अवलोकनकर्ताले चाख्न पाउनेछन् । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला,संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने करिव ४५० वटा स्टल रहने स्टल व्यवस्थापन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

टाँडीमा हुने फुड फेष्टिवलमा बंगुरका परिकारलाई प्राथमिकता

Post a Comment

0 Comments