Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

चितवनको रत्ननगरमा पाँचौ राष्ट्रिय पोल्ट्री दिवस मनाईयो


चितवन, १७ पुस

 चितवनको रत्ननगरमा सोमवार पोल्ट्री व्यवसायीहरुले पाँचौं राष्ट्रिय पोल्ट्री दिवस मनाएका छन् ।
नेपाल कुखुरा व्यवसायी मञ्चको अगुवाईमा पूर्वी चितवनको रत्ननगरमा प्रभातफेरी र एक विशेष कार्यक्रमको आयोजना गरी पोल्ट्री दिवस मनाईएको हो ।दिवसको एक समारोहका विच पशुपंक्षि विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीले उद्धघाटन गरेका थिए ।
सो अवसरमा बोल्दै ओलीले नीतिगतमा रुपमा लगामी सौलियत दिने, पशुपक्षि रोग अन्वेषण प्रयोगशाला, पशुपक्षि क्वारेन्टाईन, कर सौलियतका विषयमा कसरी नीजि क्षेत्रलाई सहजीकरण गर्ने भनेर लागेको बताए ।
     साथै उनले नीजि क्षेत्रकै पोल्ट्री उत्पादनले कुल ग्राहास्त उत्पादनको ४ प्रतिशत बढी योगदान दिएको मुलुकको संघीय संरचना अनुसार अघि बढेसगैँ हरेक समस्या हल हुने दावी गरे ।
पोल्ट्री दिवस मनाईरहदा व्यवसायीहरुले राज्यले असहयोग गरेका कारण पोल्ट्री क्षेत्रको समस्या सामधान हुन नसकेको गुनासो गरेका छन् ।
किसानले राम्रो मुल्य नपाएपनि उत्पादन गरिरहेको अवस्था र सरकारीले विभिन्न खालका योजना गरेपनि किसानलाई छुने खालको नगरेको अवस्थामा किसानको गुनासो पोख्ने ठाउँको रुपमा पाल्ट्री दिवस मनाएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए । उनले उत्पादन लागतको अनुपातमा सरकारले कुखुराको मासु र अण्डाको मुल्य निर्धारण गर्नुपर्ने बताए ।


८० अर्ब लगानी
कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष होमबहादुर बस्नेतले पोल्ट्रीले देशको कुल ग्राहस्थ उत्पादनमा करिब ४ प्रतिशत हिस्सा आगटेको जानकारी दिए । नेपालको पोल्ट्री व्यवसायमा करिब ८० अरब रुपैया लगानी भएको अनुमान गरिएको छ भने करिब एक लाख २० हजार व्यक्तिलाई पोल्ट्री क्षेत्रले रोजगारी प्रदान गर्दै आइरहेको उनको भनाई छ ।
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मलले पोल्ट्रीको अबस्था र चुनौतीको विषयमा कार्यपत्र तथा फिजिसियन डा।भोजराज अधिकारीले कुखुराको मासु र अण्डा प्रयोग गर्दा हुने फाईदाका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।


कार्यक्रममा नेपाल दाना उत्पादक संघका पूर्व अध्यक्ष डा।तिलचन्द्र भट्टराईले उत्पादन लागतलाई दुई छिमेकी मुलुकको जस्तो बनाउन नेपाल सरकार जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगर कार्यपालिकाका मेयर नारायण वन, पशुपंछी बजार निर्देशनालयका निर्देशक डा।वलराम थापा, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी, नेपाल कुखुरा पालक किसान संघका प्रतिनिधि झनक पौडेल, कुखुरा व्यवसायी लगायतले मन्तव्य राखेका थिए ।

भने सोही अवसरमा कुखुराजन्य उत्पादनको प्रयोगबाट हुने फाईदाका विष्यमा डा।भोजराज अधिकारी र कुखुरा पालनसहित विविध समस्याका बारेमा कुखुरा व्यवसायी मञ्चका महासचिव समेत रहेका डा। रेवन्त कुमार भट्टराईले कार्यपत्र समेत प्र्रस्तुत गरेका थिए ।

Post a Comment

0 Comments