Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

स्थायी सरकार बने नेपालमा द्रुत आर्थिक विकाशः महावाणिज्यदूत प्रधान

चितवन, पुस १०–
नेपाल र भारतबीच आयात निर्यात तथा व्यापारलाई सुमुधुर बनाउन स्थीर सरकार हुन आवश्यक रहेको एक कार्यक्रममा जोड दिईएको छ । आज चितवनको भरतपुरमा चितवन गार्डेन रिसोर्टले ‘नेपाल र भारतबीच आयात निर्यात तथा व्यापार’ विषयक सेमीनारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत विसी प्रधानले नेपाल र भारतबीच सदियोदेखि व्यापार व्यवसाय हुँदै आईरहेको भन्दै यसलाई व्यवस्थित बनाउन दुवै पक्ष मिलेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले देशमा आर्थिक वृद्धिदर बढाउन स्थायी सरकार आवश्यक रहेको भन्दै अब नेपालमा स्थायी सरकारसंग सुरक्षा व्यवसायलाई प्राथमिकताका साथ अघि बढाए नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्ने बताउनुभयो ।
उहाँले नेपालमा विकासको प्रचुर संभावना रहेको भन्दै लाखौं युवाहरुलाई स्वदेशमा रोजगार प्रदान गर्दै आयातलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल पोल्ट्री र केरामा आत्मनिर्भर बनेको प्रति खुशी व्यक्त गर्दै विद्युतीय क्षेत्रमा पनि लगानी बढाउनुपर्ने बताउनुभो । नेपालको हाईड्रो पावरको संभावनालाई मध्यनजर गर्दै भारतले हाईड्रो पावरमा लगानी गरेको र यसबाट दुवै देशलाई फाईदा पुग्ने बताउनुभयो । उहाँले नेपालमा अब वातावरणलाई पनि राम्रो हुने इलेक्ट्रिकल सवारी साधनलाई जोड दिनुपर्ने बताउनुभयो ।
यस्तै महावाणिज्यदूत प्रधानले चितवनमा कृषिको प्रचुर संभावना रहेको भन्दै कृषिलाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो । उहाँले कृषि उत्पादित वस्तुहरुलाई भारतसंगको सीना नजिकै रहेको चितवनले फाईदा उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.१० का अध्यक्ष अरुणपीडित भण्डारी, चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेल, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलगायतले बोल्दै चितवन र समग्र देशकै आर्थिक संभावना र भारतसंगको आयात निर्यातमा देखिएको समस्यामा बारे धारणा राख्नुभएको थियो ।
यस्तै कार्यक्रममा व्यवसायीहरुलाई उत्प्रेरक प्रशिक्षण समेत प्रदान गरिएको थियो । चितवन गार्डेन रिसोर्टका शेयर सदस्य श्रीप्रसाद दुवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम रिसोर्टका अध्यक्ष केशव कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

0 Comments