Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

अन्तर्वार्ता घोषणापत्रको ५० प्रतिशत पूरा भए ठूलो उपलब्धि


अन्तर्वार्ता ; घोषणापत्रको ५० प्रतिशत पूरा भए ठूलो उपलब्धिप्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको पक्षमा जनमत आएको मुलुकमा जनताले राजनीतिक स्थायित्व समृद्धिको अपेक्षा गरिरहेको सन्दर्भमा यो गठनबन्धनका पक्षमा निकै बलियो बहुमत आउनु निश्चय नै सकारात्मक हो तर, समाजवादी अर्थव्यवस्थाका पक्षपाती वामपन्थीहरूको ठूलो विजयपछि मुलुकले अँगालिरहेको उदारवादी अर्थतन्त्रको भविष्य के हुन्छ भन्ने आमचासोसमेत
त्यस्तै, महत्वाकांक्षी लक्ष्यसहितको घोषणापत्र बनाएर चुनाव लडेको गठबन्धनलाई यी लक्ष्यअनुसार काम गरी परिणाम देखाउनु साँच्चिकै चुनौतीपूर्ण यही सन्दर्भमा नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग मुलुकको भावी अर्थनीति आर्थिक विकासको खाका संघीयता कार्यान्वयनका चुनौतीलगायत विषयमा नयाँ पत्रिकाका जनार्दन बराल अच्युत पुरीले गरेको कुराकानीको
तस्बिर कृष्ण पौड्याल  नयाँ पत्रिका


वाम गठबन्धनले जितेपछि समाजवादी अर्थव्यवस्था लागू गर्छ भन्ने धेरैले चर्चा गरेका थिए गठबन्धनले चाहेजस्तै निर्वाचन परिणाम आएको अबको अर्थतन्त्र कसरी अगाडि बढ्छ ?

सर्वप्रथम, आजको दिनमा समाजवाद के हो भन्ने सन्दर्भमा स्पष्ट हुनुपर्छ नेपालमा उत्पादक शक्तिको विकास ज्यादै न्यून यो स्थितिमा तत्काल समाजवादतर्फ संक्रमण गर्न सम्भव छैन आज हामी समाजवादको आधारभूमि सिर्जना गर्न मात्र सक्छौँ जबसम्म हाम्रो अर्थतन्त्र विस्तार हुँदैन, तबसम्म समाजवाद लागू गर्न सम्भव छैन किनकि समाजवादमा मानिसको आवश्यकताअनुसार राज्यले त्यसको परिपूर्ति गरिदिनुपर्छ

हाम्रो अहिलेको अर्थतन्त्रले त्यो आवश्यकता पूरा गर्न सक्दैन धान्न पनि सक्दैन हामीले कामअनुसारको दाम दिन सकेका छैनौँ यो अवस्थामा समाजवाद लागू हुन्छ भन्ने कतिपय मानिसको बुझाइ केवल अल्पज्ञानको उपज हो अर्थात् अर्थशास्त्रको सामान्य मान्यता नबुझेका मानिसबाट यस प्रकारको हल्ला चलेको हो

विश्व अर्थ व्यवस्था विश्व राजनीतिका पछिल्ला सोचमा देखिएको परिवर्तनलाई सूक्ष्म रूपमा अवलोकन गर्दा अहिले विश्वमा पूर्ण उदारवादी अर्थतन्त्र भएको देश छन्, पूर्ण रूपले राज्यको नियन्त्रित राज्य व्यवस्था भएका देश छन् यसमा उत्तर कोरिया अपवाद त्यसकारण परम्परागत समाजवादी व्यवस्था नै अहिले आफैँ अस्तित्वमा छैन भने परम्परागत उदार पुँजीवादी अर्थव्यवस्था पनि अस्तित्वमा छैन

उदारवादको वकालत गर्ने अमेरिकाजस्तो देशले समेत अहिले संरक्षणवादी नीति लिन थालेको विश्व बैंक अन्तर्राष्ट्रिय मुद्राकोष स्थापना गरेर विश्वमा आफ्नो नयाँ वर्चस्व कायम गर्न खोज्ने, विश्व व्यापार संगठनको निर्माणको समेत नेतृत्वकर्ता मुलुक अमेरिका संरक्षणको दिशातर्फ उन्मुख अर्कोतर्फ चीनजस्तो समाजवादी मुलुकचाहिँ विश्वव्यापीकरणको नेतृत्व मैले गर्छु भनेर विश्व फोरमहरूमा भनिरहेको

त्यसो हुँदा अब परम्परागत हिसाबको राज्यनियन्त्रित अर्थतन्त्र समाजवादी भनिने देशमा , पुँजीवादी देशले पनि पूर्ण रूपले उदार व्यवस्था नै गरेको त्यसैले वामपन्थीले सरकार बनाउनासाथ हामी राज्य नियन्त्रित अर्थव्यवस्थामा जान्छौँ, नेपाली कांग्रेसले जितेकै भए पनि पूर्ण उदारवादी अर्थव्यवस्थामा जान सक्ने अवस्था थियो २०४८ सालमा कम्युनिस्टलाई भोट हाले खाल्डोमा हालेर पुर्छन् भनेर प्रचार गरिएको थियो, अहिलेको चुनावमा त्यसैगरी निजी सम्पत्ति खोस्छन्, विदेशी लगानी आउँदैन भनेर प्रचार गरियो

संविधानको प्रस्तावनामा नै समाजवादउन्मुख अर्थव्यवस्था हुने उल्लेख आशंका गर्ने ठाउँ नि ?

हाम्रो संविधानले नेपालमा मिश्रित किसिमको अर्थव्यवस्था हुने स्पष्ट पारेको जहाँ निजी क्षेत्र राज्य दुवैको भूमिका रहन्छ निजी क्षेत्रको सन्दर्भमा दुईवटा पाटो रहन्छन् त्यसमा एफएनसिसिआई, चेम्बरलगायत संगठित व्यवसायभित्र संगठित भएको जमात एउटा पाटो हो अर्को भने देशभरका असंगठित व्यक्तिहरूले गरेको लगानी पनि यसमा गणना हुन्छ

मानिसहरूको जति पनि निजी सम्पत्ति लगानी , त्यो पनि निजी क्षेत्र नै हो त्यसकारण निजी क्षेत्रभित्र केवल ठूला व्यावसायिक घराना मात्र पर्दैनन्, मैले एउटा सानो पसल राखेँ भने पनि त्यो एउटा निजी क्षेत्रको लगानी हो

नेपालको जिडिपीमा निजी क्षेत्रको योगदान करिब ७५ प्रतिशत पुग्छ सरकारको १८र१९ प्रतिशत हाराहारी मात्र सहकारीले दुईरतीन प्रतिशतभन्दा माथि योगदान गर्न सकेको छैन कतिपयले वामपन्थी आए भने सहकारीको संख्या बढाउँछन् भनेर आतंक फैलाइरहेका छन् तीन प्रतिशतको सहकारीको योगदानलाई ५० प्रतिशत पु¥याउन कुनै पनि हालतमा सम्भव छैन ५० होइन, ३३ प्रतिशत पु¥याउन पनि अत्यन्तै गाह्रो सरकारको १८१९ प्रतिशतलाई बढेर धेरै माथि जान सक्ने क्षमता छैन , निजी क्षेत्रको भूमिकालाई पनि तत्काल खुम्च्याउन सकिन्न

भनेपछि अब सरकारले गर्ने काम निजी क्षेत्रको कामको फरक छुट्याउने रेखाचाहिँ के हो  ?

यसमा द्विविधा छैन किनकि सामान्यतया देशको पूर्वाधार निर्माणको भूमिकामा जतिसुकै कुरा गरे पनि निजी क्षेत्र आउने वेला भएको छैन आउन सक्दैन सडक, विमानस्थलजस्ता ठूला पूर्वाधार बनाएर त्यसको सञ्चालनका लागि निजी क्षेत्र आउन सक्छ रु कुनैकुनै योजना घोषणा गरे पनि उसले व्यवहारमा देखाउन सकेको छैन निजी क्षेत्रसँग त्यस स्तरको पुँजी नै छैन त्यसकारण पूर्वाधारमा राज्यको लगानीको विकल्प छैन

विकसित देशमा पनि भर्खरै रेलमा निजी क्षेत्र आउन थालेको युरोप अमेरिकामा पनि सम्पूर्ण रेल्वे सरकारको लगानीमा सञ्चालित छन् युरोपका धेरै देशमा नगर बस सरकारले चलाएको धेरैजसो मुलुकमा यातायात क्षेत्र सरकारको अधीनमा युरोपमा यसको मात्रा अझै धेरै अमेरिकामा पनि ट्रेन्ड यही नै हो ठूला पूर्वाधार निर्माणमा राज्यको भूमिका मुख्य हुन्छ, नेपालमा पनि यही आवश्यक

ठुल्ठूला विद्युत्गृह निर्माण गर्ने सन्दर्भमा पनि सरकारको थोरै लगानी पनि है या सरकारको ग्यारेन्टी भन्यो भने जनताले निर्धक्क लगानी गर्ने, सरकारको संलग्नता छैन भने ठूलो खालको विद्युत्मा सेयर हाल्न हिच्किचाउने अवस्था यस्तो अवस्थामा ठूलो लगानीको जलविद्युत् आयोजनामा पनि निजी क्षेत्र आकर्षित हुन सकेको छैन

अर्कोतर्फ निजी क्षेत्र बैंक, विद्यालय, म्यानपावर एजेन्सी, अस्पताल, सिमेन्ट उद्योग सानो लगानीको जलविद्युत्जस्ता क्षेत्रमा निजी क्षेत्र उत्साहित भएर लागेको यसबाट कहाँ सरकारको भूमिका हुन्छ, कहाँ निजी क्षेत्रको भूमिका हुन्छ भन्ने सन्दर्भ स्पष्ट भइसकेको त्यसकारण सरकारले धेरै लगानी गरेर मेरो क्षेत्र खोसिदिन्छ कि भनेर भन्नुपर्ने वा डराउनुपर्ने अवस्था छैन व्यवहारले यी कुरा स्पष्ट पारेको भोलिका दिनमा निजी क्षेत्र पनि पूर्वाधार बनाउन आउँछु भन्यो भने त्यसमा सरकारको सधैँ स्वागत रहनेछ

एकातर्फ जहाँ निजीले राम्रै गरिरहेको , त्यहाँ सरकार पनि व्यापार गर्न जान्छ शिक्षास्वास्थ्यजस्ता क्षेत्र जहाँ राज्यको भूमिका बढी हुन्छ, समान पहुँच राज्यले ग्यारेन्टी गर्नुपर्छ, त्यहाँ भने निजी क्षेत्र आक्रामक भएर आउँदा पनि सरकार मूकदर्शक भएर बस्छ यो खालको द्विविधायुक्त वातावरण अब पनि कायमै रहन्छ ?

निजी क्षेत्रले गर्न सक्ने क्षेत्रमा सरकारले पनि हात हाल्यो भन्ने उदाहरण धेरै कम छन् नेसनल ट्रेडिङ आफैँ घाटामा , यसलाई बढाउने मुडमा सरकार नै छैन यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा सरकारले ध्यान दिइरहको सरकारसँग सधैँ ऋण लिएर तलब खुवाइरहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि यस्ता संस्थान स्वतः खारेज हुन्छन् यस्तो धेरै एरिया अब नेपालमा बाँकी छैनन् जहाँसम्म शिक्षाको सवाल , यो आफैँमा एउटा ठूलो राजनीतिक अधिकार हो त्यसकारण अब यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ

आगामी दिनमा शिक्षामा भएको निजी क्षेत्रको लगानी के हुन्छ भन्ने चासो हुनु स्वाभाविक हो निजी क्षेत्रले शिक्षामा गरेको लगानी तत्काल बन्द हुन सक्दैन किनकि निजी क्षेत्रले सञ्चालन गरेका सबै विद्यालय सरकारले किनेर चलाउने हो भने ठूलो पुँजी चाहिन्छ, जुन हामीस छैन यो धेरै महत्वाकांक्षी कुरा हुन्छ

अब सरकारको उपाय भनेको शिक्षामा लगानी बढाउने गुणस्तरीय शिक्षामा जोड दिने शिक्षामा निजी क्षेत्रले सरकारसँग प्रतिस्पर्धा गर्नुपर्नेमा नेपालमा उल्टो भइरहेको नेपालमै पनि राम्रो शिक्षा दिएका सरकारी संस्थामा विद्यार्थीको ठूलो चाप एमबिबिएस पढ्दा महाराजगन्ज विद्यार्थीको पहिलो रोजाइ हो नर्सिङ, कृषि, वन तथा इन्जिनियरिङमा पनि सरकारी कलेजमा भर्ना मिलेसम्म मानिस निजीमा जाँदैन यो गुणस्तरीय शिक्षाकै देन हो सरकारी स्कुलकलेजले गुणस्तर बढाउनासाथ स्वाभाविक रूपमा निजीभन्दा सरकारीमै विद्यार्थी बढी आकर्षित हुन्छन्


स्वास्थ्य सेवाचाहिँ कसरी व्यवस्थापन गर्ने ?

स्वास्थ्यमा पनि आधारभूत सुविधा राज्यबाटै उपलब्ध गराउनुपर्छ स्वास्थ्यलाई निजी क्षेत्र नै अगाडि भएको अवस्थामा पनि स्वास्थ्य बिमाका माध्यमबाट व्यवस्थापन गर्न सकिन्छ कम आयस्रोत भएका मानिसको स्वास्थ्य बिमाको ग्यारेन्टीको वातावरण राज्यले मिलाउने सबैले स्वास्थ्य बिमा गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न सकियो भने धेरै हदसम्म स्वास्थ्य सेवामा देखिएको अन्तर कम गर्न सकिन्छ जुन नागरिकले नियमित प्रिमियम तिर्न सक्दैन, उसको प्रिमियम सरकारले तिर्ने व्यवस्था गर्न सकियो भने उसले निजीमा जाओस् या सरकारीमा सेवामा कुनै फरक पर्दैन

जुन पार्टीको सरकार बने पनि थला परिसकेका सरकारी उद्योग÷संस्थान पुनः सञ्चालन गर्ने योजना बडो जोडतोडका साथ उठाइन्छ यो सस्तो लोकप्रियताका लागि हो कि नीतिगत द्विविधा भएर हो ?

भावनाले कुनै पनि देश चल्दैन यस सन्दर्भमा सरकारमा बस्नेहरू भावनात्मक हुने गरेको मैले देखेको छु अहिले नेपालभित्र निजी क्षेत्रले काम गरोस्, या सरकारले त्यो राष्ट्रिय लगानी हो एउटा औषधि उत्पादकले नेपालमा उद्योग खोलेर विदेशी आयात रोक्न योगदान ¥यो भने उसलाई राज्यले सम्मान गर्नुपर्छ नेपाल सरकारले खोलेको उद्योग मात्र राष्ट्रिय उद्योग होइन

बरु सरकारले जुन उत्पादन नेपालमा सम्भव , तर पनि आयात भइरहेको , त्यस्तो सामान उत्पादन गर्ने स्वदेशी कम्पनी या उद्योगलाई प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ उनीहरूका लागि अनुदानको व्यवस्था गर्नुपर्छ

जब स्वदेशी उद्योग बलिया हुन्छन्, त्यसले आयात विस्थापित गर्छ त्यसकारण थला परेका संस्थान पुनः ब्युँताएर सेता हात्ती बनाउने, कर्मचारीलाई जागिर खुवाउने मात्र काम गर्ने कि सोही सामान उत्पादन गर्ने निजी क्षेत्रलाई अनुदान दिने ?

औद्योगीकरणको विकासका लागि प्रारम्भिक चरणमा उद्योगहरूलाई सरकारले कुनै कुनै रूपमा संरक्षण गर्नैपर्छ हामी आफूले उद्योगको संरक्षण गर्न नसक्ने, अनि खुला बजारमा गएर शक्तिशाली अन्तर्राष्ट्रिय ब्रान्डस प्रतिस्पर्धामा जाऊ भनेर पठाउने व्यवस्था राज्यले कुनै सेवासुविधा नदिई कुनै पनि उद्योग प्रतिस्पर्धामा जान सक्दैन

विदेशी लगानीको सन्दर्भमा पनि वाम गठबन्धनको सरकारले कडाइ गर्छ भन्ने चर्चा चलाइएको थियो अब विदेशी लगानी सम्बन्धमा नेपालको नीति के हुनेछ ?

विदेशी लगानी ल्याएर कसैले नेपालभित्र उद्योग खोल्ने, नेपालकै कच्चा पदार्थ प्रयोग गर्ने, नेपालमै रोजगारी सिर्जना गर्ने नेपालबाट वस्तु उत्पादन गरी बाहिर निर्यात गर्छ भने सरकारले विदेशी लगानीमा स्थापित उद्योगलाई पनि स्वदेशीसरह संरक्षण गर्नुपर्छ नेपालको विदेशी लगानीसम्बन्धी नीति नै हामी उनीहरूबाट सिक्न चाहन्छौँ प्रविधि, बजारीकरण, गुणस्तर, जनशक्ति, तालिम, पूर्वाधारजस्ता क्षेत्रमा हामीले विदेशीबाट धेरै सिक्न सक्छौँ यसका माध्यमबाट राष्ट्रिय पुजी वृद्धिमा जान सकिन्छ अन्यथा विदेशीको क्षमताभन्दा हाम्रो उद्योगको क्षमता तल ¥यो भने कहिल्यै पनि हामी प्रतिस्पर्धामा उत्रन सक्दैनौँ

चुनावपछाडि नेपालको सेयरबजार निरन्तर घटेको वाम गठबन्धनले चुनाव जितेपछि नेप्सेमा नीतिगत परिवर्तन गर्छ भन्ने डरले यसो भएको हो कि ?


नेप्सेमा तत्काल कुनै नीतिगत परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन तर, कुनै संस्थाको क्षमताभन्दा बढी मूल्य सिर्जना गरियो भने कुनै एक बिन्दुमा पुगेर दुर्घटना निम्त्याउँछ आफैँमा घाटामा रहेको कम्पनी, जसले आफ्नो पुँजी क्षमता बढाएको छैन, त्यसको सेयर मूल्य प्रभावित गरेर मूल्य बढाउने केही व्यावसायिक खेलमा मात्र बढिरहेको हो भने त्यो दुर्घटनामा पर्नु स्वाभाविक हो सबै घरजग्गा कारोबारमा पनि यही लागू हुन्छ अर्कोतर्फ नेपालमा सेयर बजारबारे सही सूचना दिने मानिसको कमी थोरै मात्र जानकार छन् उनीहरूले नै बजारलाई प्रभावित बनाइरहेका छन् त्यसकारण यो अवस्था आएको हो

अनावश्यक बबल्स सिर्जना गरेर बजार प्रभावित बनाउने अवस्थामा कडाइ आवश्यक अझ हामी ठूला व्यापारिक घराना पनि सेयर मार्केटमा आउनुपर्छ भनिरहेका छौँ विदेशमा सबै ठूला व्यापारिक घराना सेयरमा छन् यसले पारिवारिक सेयर कम राखेर सर्वसाधारणसम्म पुग्दा पुँजी अझ बढ्छ नेपाल भने ठूला व्यावसायिक घराना भन्नेको पनि मानसिकता भने साघुरो हामी सेयर बजारलाई निरुत्साहित होइन, प्रवद्र्धन गर्न चाहन्छौँ

चुनावका सन्दर्भमा दुई गठबन्धनलाई चीन पक्ष भारत पक्ष भनेर प्रचार भयो नेपालको अर्थतन्त्रमा भारत चीनको भूमिका निकै ठूलो यो सन्दर्भमा मुलुकको अर्थकूटनीति कसरी अगाडि बढ्नुपर्छ ?

सर्वप्रथम हामी चीनवादी या भारतवादी भन्ने सोचबाट माथि उठेर हामी नेपालवादी हौँ भन्ने मानसिकता आवश्यकता आफ्नो राष्ट्रिय अर्थतन्त्र बढाउने सन्दर्भमा हामीले कुनै पनि पक्षलाई नजिक टाढा राख्न सक्दैनौँ हाम्रो अर्थतन्त्रमा भारतीय अर्थतन्त्रको ठूलो हिस्सा रहेको कुरालाई इन्कार गर्न सकिन्न यो तत्काल घटेर नेपालको अर्थतन्त्रमा चीनको प्रभाव बढ्छ भन्नु असम्भवप्रायः भारतस करिब हजार अर्बको व्यापार , चीनस करिब सय अर्बको व्यापार हाम्रो अर्थतन्त्रमा जसको प्रभाव बढी , स्वाभाविक रूपमा त्यो मुलुकस नेपालको बढी सहकार्य हुन्छ

त्यसकारण कुनै पक्ष बढी उत्ताउलो हुनुपर्ने या अर्को पक्ष बढी आतंकित हुनुपर्ने कारण छैन अर्कोतर्फ दुई देशबाट लाभ लिने सन्दर्भमा नेपालको आफ्नो उत्पादन भए पो लाभ मिल्छ उनीहरू धनी बन्दै जाने, तर नेपालले आफ्नो उत्पादकत्व बढाउन केही पनि नगर्ने यसरी हामीले लाभ लिन सक्दैनौँ

चुनावी घोषणापत्रमा जुन उद्देश्य लक्ष्य राखिएको , आगामी वर्षमा ती लक्ष्य पूरा हुनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?

घोषणापत्र निश्चित रूपमा महत्वाकांक्षी तर, आर्थिक समृद्धिको एजेन्डामा मानिसहरूको बहस सुरु भयो यो सकारात्मक पक्ष हो अबको वर्षपछि घोषणापत्र अगाडि राखेर बहस गर्ने ठूलो जमात विकास भइसक्छ वास्तविकता के हो भने अहिले जति पनि घोषणापत्र बनेका छन्, त्यसमा उल्लेख तथ्य प्रारम्भिक अध्ययनमा मात्र आधारित छन् यहाँ उल्लेख्य पूर्वाधार बनाउन कति रकम लाग्छ भन्नेबारे विस्तृतमा कुनै पनि दल नेताले हिसाब निकालेका छैनन् त्यसकारण यसपटक घोषणापत्रमा उल्लेख भएको लक्ष्यको ५० प्रतिशत मात्र पूरा भयो भने पनि त्यो ठूलो उपलब्धि हुनेछ तर, अहिलेको घोषणापत्रलाई भविष्यमा काम गरिस् कि गरिनस् भनेर जनताले पार्टी नेतालाई सोध्न प्रयोग गर्नेछन्, यसलाई सकारात्मक रूपमा लिन सकिन्छ



तपाईंलाई के लाग्छ जनताले तपाईंहरूका घोषणापत्र पढेर भोट दिएका हुन् ?

घोषणापत्रको सबै अंश पढेनन् होला, तर जनताले विकास समृद्धि चाहेका छन् उनीहरूले त्यही एजेन्डालाई भोट दिएका हुन् जब मेरो चुनावी क्षेत्रमा भोट माग्न जान्थेँ, जनताले धुलाम्य बाटो देखाउँदै यो कहिले पिच गर्छस् भनेर सोध्ने गर्थे कतिपयले यो चुनावमा नमस्कार गर्न मात्र आउने हो अरू वेला आउँदैनस् भने एकठाउँमा एउटा रातो तुलमाजसले बनाउँछ रोड, उसलाई दिने भोट भनेर टाँगिएको थियो त्यसकारण केन्द्रीय घोषणापत्रमा उल्लेख किलोमिटर बाटो मेगावाट बिजुली नपढे पनि प्रत्येक जनताले आफ्नो गाउठाउ समृद्ध भएको देख्न चाहेको

अर्कोतर्फ जनताले राजनीतिक स्थिरता पनि चाहेका छन् तपाईंलाई के लाग्छ, अब वर्ष साँच्चै स्थिर सरकार बन्छ ?

नेपालमा २००७ सालपछि कुनै पनि सरकारले वर्ष पूरै काम गर्न पाएन कतिसम्म भने राजाको शासनमा पनि राजाले कुनै एक प्रधानमन्त्रीलाई वर्षसम्म सत्तामा रहन दिएनन् आफूभन्दा शक्तिशाली बन्छ कि भन्ने डरले उनले पनि छिनछिनमा सरकार परिवर्तन गरिरहे जसको परिणामस्वरूप नेपाल कहिले पनि विकासको गतिमा जान सकेन अब दुईवटा पार्टी मिलेर पा वर्ष स्थायी सरकार बनाउँछन् भन्ने विश्वास जनतामा जागेको नेताहरूले पनि यसमा विश्वस्त बनाएकै कारण भोट आएको हो त्यसकारण पार्टी एकतालाई जसरी पनि अन्तिम टुंगोमा पु¥याउनुपर्छ एकता प्रक्रियामा कुनै व्यक्ति तल पर्ला कुनै व्यक्ति माथि पुग्ला, त्यो गौण विषय हो

अबको वर्षपछि नेपालको अर्थतन्त्र कस्तो बन्ने देख्नुहुन्छ  ?

मिहिनेती जनता इमानदार सरकार भयो भने देश बन्न समय लाग्दैन आफूले जिम्मेवारी पूरा नगरी नेतालाई गाली मात्र गर्ने जनता भएर देश बन्दैन सरकार जनता दुवै जिम्मेवार भए पा वर्षपछि नेपालको बजेटको आकार अहिलेको १५ खर्ब हाराहारीबाट सय खर्ब पुग्नेछ

हामी संघीयता कार्यान्वयनको चरणमा छौँ यसका लागि आवश्यक पुँजी नपुगेर कतै संघीयता नै असफल हुुने पो हो कि भन्ने आशंका यो चुनौतीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

एडम स्मिथको भनाइ सापटी लिने हो भने पुर्खाको सम्पत्ति व्यक्तिको कमाइ होइन, केवल उपहार मात्र हो स्थानीय प्रदेश सरकारको हकमा यही भनाइ लागू हुन्छ अब यी स्थानीय सरकार आफैँ सिर्जनातर्फ लाग्नुपर्छ किनकि नेपाल स्रोतसाधनले भरिपूर्ण मुलुक हो केन्द्र सरकारस तिम्ले जे दिन्छौ, त्यही खान्छु भनेर बस्यो भने त्यो सरकार निष्क्रिय हुन्छ होइन भने स्थानीय सरकारहरूलाई संविधानले नै यति धेरै अधिकार दिएको कि अब उनीहरू आफैँ कमाएर आफ्ना नागरिकलाई खुसीसाथ पाल्न सक्छन् अब स्थानीय सरकारहरूबीच विकास समृद्धिको प्रतिस्पर्धा हुनुपर्छ एउटा सरकारले अर्को सरकारलाई सहयोग गर्न सक्षम हुनुपर्छ त्यसअवस्थामा संघीयता कार्यान्वयनमा कुनै समस्या हुँदैन तर, प्रारम्भिक रूपमा केन्द्र सरकारले सहयोग गर्नुपर्छ त्यसको सुरुवात भइसकेको

कामचलाउ सरकारले गरेका निर्णयका सन्दर्भमा आगामी सरकारको धारणा कस्तो होला ?

यो सरकारले कस्ता काम गरेको , त्यसमा निर्भर गर्छ कामचलाउ सरकारले गर्नै नमिल्ने काम गरेको भए स्वाभाविक रूपमा उल्टिन्छन् चुनावी परिणाम अर्कोपक्षको बहुमतमा आइसकेपछि अन्य मुलुकमा भए प्रधानमन्त्री अफिस नै जाँदैनन् हाम्रोमा कानुनको नानाभाँती व्याख्या गरेर मैले छाड्न नपरे हुन्थ्यो भनेर सत्तामा बसिरहने प्रवृत्त छ ।

copy@ नयाँ पत्रिका


Post a Comment

0 Comments