हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको टाटासुमो दुर्घटना हुँदा चालकसहित दुई जना गम्भीर घाइते भएका छन्। ६ जना सामान्य घाइते छन्। मझौला तथा टेम्पो यातायात संघद्वारा सञ्चालित ना१च १९३९ नं को सुमो भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा सडकबाट सय मिटर तल झरेको थियो।
घाइतेमध्ये चालक सागर खड्का र यात्रु रुपा चौलागार्इंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए।
काठमाडौँबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्ने क्रममा दुर्घटना भएको सुमोमा सवार विदुर धिमालले बताए।
अन्य घाइते हुनेहरुमा किन्दा दाहाल, सिर्जना चौलागाईं, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाल छन्। उनीको हेटौँडामा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिए।
0 Comments