चितवन,२३ भदौ
चितवनको ईच्छाकामना गाँउपालिकामा राष्ट्रिय स्तरको ‘ख’ वर्गको नयाँ बैंकले कारोबार सुरु गरेको छ । आज शुक्रबारबाट काठमाण्डौको डिल्लिबजारमा केन्द्रिय कार्यालय रहेको लुम्बिनी विकास बैंकले ईच्छाकामना गाँउपालिकाको वार्ड नं. ४ स्थित कुरिनटारमा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको हो । आज बैंकका अध्यक्ष शुसिलराज पराजुली र गाउँपालकिाका अध्यक्ष गीताकुमारी गुरुङले संयुक्त रिवन काटेर बैँकको उद्घाटन गर्नुभएको हो ।
ईच्छाकामना गाउँपालिकाका बासिन्दाहरु धेरै कृषिमा आधारित भएको हुदाँ कृषकका लागि न्यून व्याजदरमा श्रृणको व्यावस्था मिलाउन आग्रह गर्नुभयो । साथै अध्यक्ष गुरुङले वेरोजगार यूवाहरुलाई उद्यमशिल बनाउनका लागि बैँककले विशेष भूमिका खेल्नु पर्ने भन्दै गाउँँपालिकाको साथ र सहयोग हुने प्रतिवद्धता व्याक्त गर्नुभयो ।
0 Comments