काठमाण्डु, ३० जेठ | प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ र ५ को स्थानीय तह निर्वाचन सार्ने प्रस्ताव गरेका छन् ।राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा आउने सुनिश्चितता भए चुनाव सार्न सकिने प्रस्ताव प्रधानमन्त्रीको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा मंगलबार बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा घर्तीले राजपाले लिखित प्रतिबद्धता जनाए पहिलो चरणमा १ र ७ नम्बर प्रदेशको मात्र चुनाव गर्न सकिने प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार देउवाको प्रस्तावमा सत्तारुढ माओवादी र प्रमुख प्रतिपक्षी एमालेले अस्वीकार गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा निर्वाचन सार्न नहुने बताए । ‘उहाँहरुले चुनाव सारौं भन्न खोजेको तर भन्न नसक्ने जस्तो देखियो’, ओलीले भने, ‘सार्न खोजेको हो कि नगर्न खोजेको हो प्रष्ट भइएन । उनले असार १४ मा घोषित दोश्रो चरणको निर्वाचन कुनै पनि बहानामा पछि सार्न नपाइने उनको भनाइ थियो । वैशाख ३१ मै हुनुपर्ने निर्वाचन पटकपटक सारेर १४ असारमा पु¥याइएको भन्दै ओलीले सरकार निर्वाचनप्रति गम्भीर नदेखिएको आरोप लगाए । बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन सारेर आयोग गठनमार्फत स्थानीय तहको संख्या बढाउन सकिने समेत प्रस्ताव राखेका थिए ।
0 Comments