निर्वाचन आयोगले बैशाख २८ गतेदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । पहिलोे चरणमा बैशाख ३१ गते निर्वाचन हुने ३ प्रदेशका ४९ लाख ५६ हजार मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ । आयोग परिसरमा मतदाता परिचयपत्र छपाईको काम समेत सकिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोगले यसपटक विशेष सुरक्षा संकेत कोड सहितको परिचयपत्र छापेको छ ।
आफूले मतदान गर्ने स्थलमा बैशाख २८ र २९ गते मतदाताले परिचयपत्र पाँउनेछन् ।
यसैबिच निर्वाचन आयोगले निर्वाचन हुने ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि जिल्ला निर्वाचन कार्यालयमा मतपत्र समेत पठाइसहेको छ ।
0 Comments