भरतपुर महानगरपालिकामा माओवादीले खाता खोलेको छ । १३ नम्बर वडा अध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । माओवादी जितसँगै मेयरका प्रमुख दुई उम्मेदवारबीचको मतअन्तर ३३६३ मा झरेको छ ।
अध्यक्षका माओवादी उम्मेदवार एक हजार एक सय २९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले सात सय ४२ मत पाए । यस्तै, तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारले तीन सय ३५ मत ल्याए ।
१३ नम्बर वडाको मतगणना सकिँदा मेयरमा भने एमालेका उम्मेदवार देवी ज्ञवालीले २६ हजार आठ सय ६० मत प्राप्त गरेका छन् भने माओवादीका रेणु दाहालले २३ हजार चार सय ९६ मत प्राप्त गरेकी छिन् ।
उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाहले अग्रता कायम गर्दै २६ हजार सात सय ६२, नजिककी प्रतिस्पर्धी एमालेकी दिव्या शर्माले २४ हजार एक सय ६९ मत प्राप्त गरेकी छिन् ।
0 Comments