राजपाका सहमहामन्त्री समिम मियाँ अन्सारीले आज एमाले प्रवेश गरेका छन् ।
राजधानीमा नेकपा एमालेले आयोजना गरेको एक कार्यक्रममा अन्सारी सहित सयौजनाले एमालेको सदस्यता लिएको दाबी गरिएको छ । तर यथार्थ भन्ने भिन्दै छ ।
पार्टी प्रवेश गर्नेमा अन्सारीसहित जम्मा ६ जना मात्रै नेपाली मुस्लिम थिए ।बाकीं सबै बर्मेली नागरिक रहेका छन् । वर्माबाट विभिन्न समयमा नेपाल आएर अहिले काठामाडौंको कपनमा शरणार्थीको रुपमा बस्दै गरेका करिव २ सय बर्मेलीहरु पनि एमालेको सदस्यता लिएको खुल्न गएको छ । हलमा बसेका मुस्लिममा कोही पनि नेपाली मुस्लिम थिएनन् । सबै बर्मेली मात्रै थिए । नेपाली भाषा पनि नजान्ने बर्मेली नागरिकहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै हाथले सदस्यता दिएका थिए ।
कार्यक्रम स्थलमै भेटिएका एक बर्मेली युवाले भने ‘हमको कुछ पता नहि है, हमे तो समिमजी ने मिटिङमे चल्नेके लिए बोले थे हम आगए, हमको राजनीती से कोई मतलब नहि । हम तो ईस देशके है भी नहि ।
चार बर्ष पहिला बर्माबाट नेपालमा आएर कपनमा बस्दै गरेका मोहम्द हुल्हालाई पनि नेपालको राजनीति थाहा छैन । तर आफूहरुलाई अन्सारीले मिटिङमा जान भनेर बोलाएको यहाँ ल्याएर पार्टी प्रवेश गराइएको बताए ।
अहिले कपनमा ६ महिना देखि ४ बर्ष पहिला शरणार्थीका रुपमा नेपाल आएर बसेका करिब ३ सय बर्मेलीहरु छन्
राष्ट्रवादको धिंधोरा पिटने ओलीले अरु देशका नागरिक सदस्यता किन दिए भन्ने कुराले गम्भीर प्रश्न उब्जिएको छ ।
0 Comments