Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

रत्ननगर नगरपालिकामा उपमेयर र वडाअध्यक्षमा बागी उम्मेदवारी


स्थानीय तहको निर्वाचनका लागि काँग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलले पूर्वी चितवनका चारवटै नगरपालिकामा उम्मेदवारी दर्ता गराएका छन् । पूर्वी चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा दलहरुले मेयर, उपमेयर, वडाअध्यक्ष र नगर सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
आज उम्मेदवारी दर्ता गर्न भन्दा पहिला रत्ननगरको विभिन् स्थान बाट सयौ कार्यकर्ता को उपस्थितिमा प्रमुख चार पार्टी र्याली सहित निर्वाचन कार्यालय रत्ननगरमा मा आएका थिए ।
नेपाली काँग्रेस हरिहर मन्दिर , नेकपा एमालेले रत्ननगर लौलीघोल र माओवादी केन्द्रले रत्ननगरको टाडी बाट र्याली निकालेको थियो ।
रत्ननगर नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा रुपनराज घिमिरे, उपमेयरमा निता ढकालले उम्मेदवारी दिएका छन् । १६ वटै वडाका वडाअध्यक्षसहित ८२ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
रत्ननगरमा एमालेबाट मेयरमा नारायण वन र उपमेयरमा विमला दुवाडी तथा वडाअध्यक्षसहित ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै माओवादी केन्द्रबाट मेयरमा पूर्णबहादुर अमगाईं (सुवोध), उपमेयरमा संगीता भट्टराई, वडाअध्यक्षसहित ८२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गीता गुरुङले बताइन् । त्यसैगरी राप्रपाबाट मेयरमा गोविन्द्रप्रसाद अधिकारी र उपमेयरमा उर्मिला पासवानले उम्मेदवारी दर्ता गराएका छन् ।
उता खैरहनी नगरपालिकामा सात वटा राजनीतिक दलसहित केही स्वतन्त्र उम्मेदवारले मेयर र उपमेयरका लागि मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसका तर्फबाट मेयरमा राजेन्द्र चौधरी तथा उपमेयरमा सुशीला उप्रेतीले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेबाट मेयरमा लालमणि चौधरी र उपमेयरमा सुनिता खरेल थपलियाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिए । यस्तै नेकपा माओवादी केन्द्रबाट मेयरमा एकराज डल्लाकोटी र उपमेयरमा रेवती उप्रेतीले मनोनयन गर्दा गराएका छन् । यस्तै राप्रपाबाट चित्रबहादुर विसुरालले मेयर र मञ्जु बर्तौलाले उपमेयरका लागि मनोनयन दर्ता गराएका छन् । नयाँ शक्ति पार्टीका लालमणि कुँवरले मेयर तथा भवानीदेवी घिमिरेले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत निरौलाले बताए ।
यसैगरी राप्ती नगरपालिकामा नेपाली काँग्रेसबाट किरणभूषण ओलीले मेयर तथा अनिता मैनालीले उपमेयरमा मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट मेयरमा प्रभा बराल र उपमेयरमा इमानसिंह लामाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत परमेश्वर पराजुलीले जानकारी दिए । नेकपा माओवादी केन्द्रबाट मेयरमा रामचन्द्र पाठक र उपमेयरमा कल्पना लामाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै,
दक्षिणमा रहेको कालिका नगरपालिकामा काँग्रेसबाट मेयरमा कमल आचार्य र उपमेयरमा निरुजा श्रेष्ठ, एमालेबाट मेयरमा खुमनारायण श्रेष्ठ र उपमेयरमा कमला भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी माओवादी केन्द्रबाट मेयरमा रामध्वज डल्लाकोटी र उपमेयरमा सविता लामा, राप्रपाबाट मेयरमा इन्द्रबहादुर स्याङ्ताङ र उपमेयरमा बुद्धिलक्ष्मी स्याङ्ताङलगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
रत्ननगर नगरपालिकामा उपमेयर र वडाअध्यक्षमा बागी
यसैबीच, रत्ननगर नगरपालिकामा उपमेयर र वडाअध्यक्षमा बागी उम्मेदवारी परेको छ । नेपाली काँग्रेसकी नेतृ लक्ष्मी चौधरीले उपमेयरमा र काँग्रेसकै बन्धुराम महतोले वडा नं.९ मा वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
चौधरी समुदायबाट सयौँको संख्यामा दलबलसहित आएका उनीहरुले चितवनका भूमिपुत्रमाथि अन्याय भएको जिकिर गरेको छन् । जिवन पुरै काँग्रेसमै बितायौ तर उम्मेदवारी छनोटमा एकलौटी भयो भन्छन् महतो । थारु आदिवासीको बाहुल्यता भए पनि टिकट वितरणका क्रममा आफूहरुलाई पार्टीले अन्याय गरेकोले स्वतन्त्र उम्मेदवारी दिएको चौधरी र महतोले बताएका छन् ।

Post a Comment

0 Comments